एजेन्सी / स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले निराशाजनक बराबरी खेलेकाे छ । आईतबार राति बार्सिलोनाले सेल्टा डी भिगोसँग ३–३ गोलको बराबरी खेलेको हो ।

सुरुवाती तीन गोलको अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेल्न बाध्य भयो । अंशु फाती, सर्जियो बुस्केट्समेम्फिस डेपेले गोल गर्दै बार्सिलोनलाई ३–० ले अघि बढाएका थिए ।

OM Sai Pathibhara Hospital

तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै सेल्टा भिगोले खेल बराबरीमा ल्यायो। सेल्टा भिगोका लागि लागो अस्पासले दुई तथा नोलिटोले एक गोल गरे ।

शनिबार मात्र बार्सिलोनाले जाभी क्लब फर्कने पक्का गरेको थियो । उनले सोमबारदेखि आधिकारिक रुपमा क्लबको जिम्मेवारी लिनेछन् ।

जाभीले नवौं स्थानमा रहेको बार्सिलोनाको नेतृत्व गर्नेछन् । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सिलोना १० अंकले पछि छ ।