बिर्तामोड / नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारी विहीन बनेको छ । 

तत्कालीन उपकुलपति प्राध्यापक डा. लेखनाथ शर्मा र तत्कालीन रजिस्ट्रार सहप्राध्यापक कमल ढकालको कार्यकाल पूरा भएपछि खुला विश्वविद्यालय पदाधिकारी विहीन बनेको हो।

OM Sai Pathibhara Hospital

पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको निमित्त उपकुलपति प्रा.डा. इन्द्रबहादुर कार्कीले बताए ।

विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्रा.डा. इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। उनले भने, ‘नीतिगत कामहरु सबै प्रभावित छ । लामो समयसम्म पदाधिकारी नियुक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ ।’

पदाधिकारी तथा डीन नहुँदा तिहार लगत्तै हुनुपर्ने बीबीएस र एलएलबीको परीक्षा समेत प्रभावित हुने कार्कीको भनाइ छ । 

उनले भने, ‘परीक्षा गराउनको लागि केन्द्रिय परिषदको बैठक बस्नुपर्छ। परिषदको संयोजक नै रजिष्ट्रार हुनुपर्ने व्यवस्था छ। तर अहिले रजिष्ट्रार नहुँदा समस्या देखिएको छ ।थप समस्या डीनहरु पनि हुनुहुन्न ।’

पदाधिकारी नहुँदा विभिन्न संकायका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट समेत रोकिएको छ ।