काठमाडौं / सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज (बुधवार)का लागि नौ इजलासमा नौ मुद्दाको पेशी तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोकेको सर्वोच्चले जनाएको छ । आजका लागि पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्चले जनाएको छ । यद्यपि प्रधानन्यायाधीश जबराले आज आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन्।
यता प्रधानन्यायाधीश जबराको राजीजामा मागिरहेको नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राखेका छन् ।