झापा / एसआरबी  इन्टरटेनमेन्ट  प्रालि ले आयोजना  गरेको  “मिस्टर एण्ड मिस झापा आइकोनिक २०२१” को उपाधि  रोजिला शिवाकोटीले जितेकी छन् ।

 एसआरबी इन्टरटेनमेन्ट  कम्पनीको आयोजनामा झापाको सुरुङ्गामा मंगलबार  राती सम्पन्न प्रतियोगितामा तेह्रजना प्रतिस्पर्धीलाई पछि पार्दै रोजिला शिवाकोटीले मिस्टर एण्ड मिस झापा आइकोनिक को उपाधि हात पारेकी हुन् ।

OM Sai Pathibhara Hospital

प्रतियोगितामा  फष्ट रनरअफ तथा सेकेण्ड रनरअप क्रमशः प्रभात आङ्बोअलिन वाग्ले घोषित भएको एमडी रोशन कार्कीले जानकारी दिए।

त्यसैगरी प्रतियोगितामा मिस फिगर,व्युटिफुल स्मायलभ्युवर च्वाइज निहा राई,  रोस्नी पौडेल,र सायुस गौतम ,मस्ट कन्फिडेन्स एण्ड इन्टलेक्चल किर्षा खरेल,  मस्ट टेलेन्ट सुजता राई र फोटोजेनी सायुस गौतम घोषित भएको एसआरबी चियरम्यान सरोज अधिकारिले जानकारी दिए ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा फेसन कोरियोग्राफर रजिता पराजुली, कलाकार फोरेन प्रोग्राम अर्गनाईजर केशव भट्टराई, र मिस्टर आईकोन वर्ल्ड सेकेण्ड रनर अप, इवेंट  अर्गनाईजर अमर सिङ ल्हयो मगर रहेका थिए । उक्त प्रतियोगिताको कोरियोग्राफर बिराज राई र आरती  गौतमले गरेका थिए ।
कम्पनीका अध्यक्ष सरोज अधिकारीको अध्यक्षतामा भएको फाइनल प्रतियोगिताको प्रमुख अतिथि कन्काई नगरपालिका उपमेयर मन्जु प्रसाईं रहेकी थिइन् ।

कम्पनीका मेनेजिङ डाइरेक्टर रोशन कार्कीले धन्यवाद मन्तव्य राखेका थिए भने एक्जुकेटिभ डाइरेक्टरको मन्तव्यबाट स्वागत गरेको फाइनल कार्यक्रमको सञ्चालन सुमन शर्मा र अन्जना शर्माले गरेको थियो।