झापा / स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् ।

‘मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लिले ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो ।

OM Sai Pathibhara Hospital

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगताका विजेताले उपाधिसँगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगितामा सहभागी विजेतालाई काठमाडौंका विभिन्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता अन्तरगत पहिलाे रनरअप जस्मिन कोइराला र दाेस्राे रनरअप एकता भट्टराई भएका छन् । त्यस्तै ‘भिवर्स चोइज्ज ’को अवार्ड मिनाल खण्डेलवाल र मस्ट ट्यालेन्टको अवार्ड रिदिमा अग्रवालले हात पारेका छन् । फाइनल प्रतियोगितामा प्रदेश भरिका १२ जनाले प्रतिष्पर्धा गरेका थिए ।

युवामा रहेको अन्तरनिहित प्रतिभा छनौटका लागि स्काई क्रिएटर्स  इन्टर टेनमेन्ट प्रालिले गत दुई वर्षदेखि प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गर्दै आएको प्रालिका अध्यक्ष राजवंशीले जानकारी दिए ।

१५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका ३० जनाले यो प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउन्डमा १२ जना पुगेका थिए ।