बिर्तामोड / झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । 

OM Sai Pathibhara Hospital

झापालाई उपाधि दिलाउन दुबै गोल श्याम कुमार गोलले गरे । खुमलटारका लागि एकमात्र गोल कप्तान नरेन्द्र लामाले गरेका थिए । प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

लिगकम नकआउट प्रणालीमा खेलाएको प्रतियोगितामा २१ टिम सहभागी थिए ।