बिर्तामोड / रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ को प्रसारण आउँदो सातादेखि बन्द हुने भएको छ । 

कार्यक्रममा पात्र, स्टुडियो लगायतको समस्या भएकाले आउँदो सातादेखि प्रसारण बन्द गर्न लागेको सञ्चालक हास्य कलाकार जितु नेपालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

डेढ वर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको यो शो सिजन –२ को ५४ औँ एपिसोड पुगिसकेको छ । 

शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होस्ट बन्ने भएपछि जितुले यो शो बन्द गर्ने निर्णय गरेको बताएका छन् । 

जितुले विज्ञापन र टेलिभिजनसँग सहकार्य गरेर अव फरक तरिकाले प्रस्तुत हुने समेत बताएका छन् ।