काठमाडौँ / इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनायो । जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ । अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो ।

OM Sai Pathibhara Hospital

यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो । श्रीलंकाको भने यो तेस्रो हार हो । श्रीलंका ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।