काठमाडौँ / नेपाल विद्यार्थी संघ (नेविसंघ)ले हालै बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, –‘ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य बस्तुको समेत मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति खेद र भर्त्सना गर्दछौँ ।’
नेविसंघका महामन्त्री दीपक भट्टराईले निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानविन र नियन्त्रण गर्न सरकारले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।
उनले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए नेविसंघ कडा प्रतिवाद गर्न बाध्य हुने पनि बताए ।