काठमाडौं / कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् ।
नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरूले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग गरेको एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समय दिएको छ ।
प्रधानन्यायाधीश जबराले १६ गतेसम्म पनि राजीनामा नदिए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।