एजेन्सी  / बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा क्रुज ड्रग्स प्रकरणमा पक्राउ परेका आर्यन २७ दिनपछि रिहा हुने भएका हुन् । 

आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो । खानले बिहीबार जमानत पाए पनि बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । 

OM Sai Pathibhara Hospital

तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ । आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । 

आज शनिबार बिहान कारागार खुलेपछि आर्यनको रिहा हुने बताइएको छ ।