मोरङ / चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपमा रोलिङ क्लब झापाले दोस्रो चरणमा प्रवेश पाएको छ ।

उसले स्पर्धी च्यासल फुटबल क्लब काठमाडौलाई पाखा लगाउँदै पहिलो हापको १२ औं मिनेटमा गोल गरेको थियो । खेलमा रुपेस वर्तौलाको पासमा सुशन लामाले गोल गरेका थिए ।

OM Sai Pathibhara Hospital

दोस्रो हाफको २२ औ मिनेटमा झापाको तर्फबाट विदेशी खेलाडी हेन्थी वेलेले गोल गरि खेललाई ट्राइबेकर पुर्याए । ट्राईबेकरमा चार तीन गोल अन्तरले काठमाडौंलाई झापाले बाहिरायो ।

झापाका मार्टिन सिलो, जोन जुरु, वविन बोहरा र पेमा तामाङले गोल गरे भने च्यासल युथ क्लबका तर्फबाट अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच रोलिङ क्लव धुलाबारी झापाको गोल रक्षक मनोज प्रधान घोषित भए ।

डागीहाट फुटबल क्लबले आयोजना गरेको गोल्डकपमा सिलिगुडीलगायत मोरङ, धनकुटा, उदयपुर, झापाका ८ वटा टिमले सहभागिता जनाउनेछ । 

कार्तिक १७ गते सम्म जारी हुने प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार शिल्ड तथा प्रमाण पत्र पाउने क्लबका अध्यक्ष बिक्रम राईले जनाए । आजको खेल आमुत्त परिवार, वेस्ट बङ्गाल भारत र सशस्त्र प्रहरी बल काठमाडौबीच हुनेछ ।