बिर्तामोड / काठमाडौं विश्वविद्यालयलाई नर्वे सरकारले ३० करोड ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

सहयोगसम्बन्धी सम्झौतामा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको इनर्जाइज नेपालका असिष्टेष्ट प्रोग्राम म्यानेजर नवराज सन्जेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

यो सहयोग राशितसहित ‘इनर्जाइज नेपाल’ को कार्यक्रम अवधि ३९ महिनालाई थप गरिएको छ । यस कार्यक्रमअन्तर्गत १२ वटा प्रतिस्पर्धी अनुसन्धानमूलक आयोजना र १० वटा नयाँ व्यावसायिक योजनालाई खर्च हुने सन्जेलले बताए ।

यसबाहेक १५ वटा विद्यावारिधि र ३० वटा एमएस्सी रिसर्चमा खर्च हुनेछ ।