बिर्तामोड / बलिउड अभिनेत्री कंगना रनौतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार चौथो पटक प्राप्त गरेकी छिन् ।

भारतीय उपराष्ट्रपति वेंकैया नायडूले ६७ औँ राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म र कलाकारलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

OM Sai Pathibhara Hospital

यसअघि कंगनाले २००८ मा फिल्म ‘फेसन’मा सहायक अभिनेत्रीको रुपमा पहिलो राष्ट्रिय पुरस्कार , २०१४ मा ‘रानी’ फिल्मको सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा दोस्रो राष्ट्रिय पुरस्कार र २०१५ मा कंगनाले ‘तनु वेड्स मनु’ मा बेस्ट एक्ट्रेस को पुरस्कार पाएकी थिइन् ।

मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । ६७औँ राष्ट्रिय फिल्म अवार्डमा नितेश तिवारीको निर्देशनमा रहेको फिल्म ‘छिछोरे’ उत्कृष्ट फिल्म घोषित भएको छ ।

सुपरस्टार रजनीकान्त ‘दादासाहेब फाल्के’ अवार्डबाट सम्मानित भएका छन् । केन्द्र सरकारको सूचना तथा प्रसारण मन्त्रालय, केन्द्रीय सरकार अन्तर्गत आउने चलचित्र महोत्सव निर्देशनालयले अवार्ड दिने गरेको छ । अवार्ड समारोह कोरोना महामारीका कारण एक वर्ष ढिला भएको हो ।