बिर्तामोड / पछिल्लो समय नायक पल शाहसँग नाम जोडिएर विवादित बनेकी गायिका समीक्षा अधिकारीले सञ्चारमाध्यममा आएका समाचारहरू गलत भएको दाबी गरेकी छिन् । 

सामाजिक सञ्जाल फेसबुक मार्फत गायिका अधिकारीले नायक शाहसँग जोडिएर आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले समाचारमा आएका सामाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।

OM Sai Pathibhara Hospital

गायिका अधिकारीले पत्रकारले आफूहरूको सम्बन्धको बारेमा गलत समाचार लेखेर नायक शाहको करिअरमा समेत आच पुर्‍याउन खोजेको आरोप लगाएकी छिन् । 

आफू पल शाहको फ्यान भएको बताउँदै गायिका अधिकारीले एउटै इण्डसट्रीजमा भएको हिसाबले पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको बताएकी छिन् ।  

उनले राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले समाचार लेखेको भन्दै दुःख व्यक्त गरेकी छिन् । 

Capture-1