बिर्तामोड  / नेपाली मूलका इटालीयन फुटबलर विकास मेराग्लीयाले ‘च्यासल युथ क्लब’ बाट शहीद स्मार ए डिभिजन लिग खेल्ने भएका भएका छन् ।

च्यासल र विकासले शुक्रबार एक कार्यक्रमका बीच यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि सम्झौता गरेका हुन् । सम्झौता पत्रमा क्लबका अध्यक्ष रमेश व्यञ्जनकार र विकासले हस्ताक्षर गरेका थिए । 

OM Sai Pathibhara Hospital

विकासले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका छन् । विकासले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् ।

क्लबले १८ वर्षीय विकासलाई आबद्ध गरेको रकम भने खुलाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

सन् २००८ मा ६ वर्षको उमेरमा एकजना इटालियन मार्फत इटाली पुगेको विकास १३ वर्षपछि मङ्लबार नेपाल आएका हुन् । 

इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् ।

उनले भेनेजियाको युवा टोली तथा काटोलिकामारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन् ।