बिर्तामोड(एजेन्सी) आयरल्याण्डलाई ७० रनले हराएर श्रीलङ्का विश्वकप टि –२० सुपर १२ मा पुगेको छ ।

अलराउन्डर वानिन्डु हसरङ्गाले ४७ बलमा बनाएको ७१ रन श्रीलङ्काका लागि निर्णायक बन्यो । यस नतिजापछि समूह एबाट नेदरल्यान्ड्स विदा भएको छ । यसअघि, नामिबियाले नेदरल्यान्ड्सलाई छ विकेटले हराएको थियो ।

OM Sai Pathibhara Hospital

पहिले ब्याटिङ गरेको श्रीलङ्काले दस बलमै आठ रनमै तीन विकेट गुमाएको थियो । हसरङ्गाले प्रारम्भिक ब्याट्सम्यान पाथुम निसान्का (६१) ले त्यसपछि शानदार ब्याटिङ गरी श्रीलङ्काको पालि सम्हालेका थिए । 

यी दुईको ब्याटिङले श्रीलङ्काको निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो । आयरल्यान्ड जवाफमा नौ बलअघि नै १०१ रनमा नै अलआउट भयो ।

कप्तान एन्डी बालबर्नी (४१)कर्टिस काम्फर (२४) ले मात्र आयरल्यान्डका लागि राम्रो ब्याटिङ गरे ।