हुम्ला  / हुम्लाको तुम्लिङमा विदेशी नागरिक सहित १२ जना हिमपातमा फसेका छन् । 

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको हिमपातले लिमीको तुम्लिङमा फसेका हुन् ।

OM Sai Pathibhara Hospital

हिमपातको कारण नाम्खा गाउँपालिका –६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । 

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका –६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । 

उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा पत्र पठाएको भए पनि मौसम सफा नभएको कारण उनीहरूको उद्धार हुन् नसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।