गायक तथा हास्य कलाकार तुलसी घिमिरे (समर्पण) को  ‘म त परे परदेशी मान्छे सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

गायक घिमिरेको आफ्नै च्यानल ‘तुलसी घिमिरे अफिसियल’ बाट सार्वजनिक भएको गीतमा बसन्त घिमिरेको शब्द तथा संगीत रहेको छ । 

OM Sai Pathibhara Hospital

झापाको बिर्तामोड स्थित ‘सन लाइट डिजिटल रेकर्डिङ स्टुडियो’ मा रेकर्ड ‘आवाज लिइएको’ गीतलाई जोनी तामाङले संगीत समायोजन गरेका हुन् । 

सुवास सङ्कल्पले छायांकन ‘दृष्य सम्पादन’ गरेको म्युजिक भिडियो  ‘दृष्य सामाग्री’ मा ब्लुमिङ लिटिल प्रिन्स बनेका मन्जिल खड्का, फस्ट रनअफ नुसाङ श्रेष्ठ, अर्चित भट्टराई, प्रासी लिम्बु, महिमा पौडेल, अनमोल भट्टराई, ईशान कोइराला, सुलभ राई, जेसी श्रेष्ठ, स्मारिका ठकुरि लगायतका कलाकारको अभिनय रहेको छ । 

सुनसरीको इटहरीमा रहेको एफ.एस. डान्स सेन्टरका कोरियोग्राफर  ‘नृत्य निर्देशक’ सुशील बरुवालले निर्देशन गरेको म्युजिक भिडियो ‘श्रव्य सामाग्री’ को निर्देशन तथा सम्पादन घिमिरेले नै गरेका छन् । 

गीतको छायांकन इटहरीको पर्यटकीय तथा रमणीय स्थल ‘ताल तलैया’ क्षेत्रमा रहेको निजी क्षेत्रमा सञ्चालित  ‘इपी ल्यान्ड’ पार्क ‘रमणीय स्थल’ मा गरिएको छ । 

‘इटहरी आर्ट एन्ड फाउन्डेसन’ ले ‘ब्लुमिङ इटहरी लिटिल प्रिन्स एन्ड प्रिन्सेस’ का बिजेतालाई म्युजिक भिडियोमा अभिनय गर्न अवसर प्रदान गरेको हो ।