बुटवल / पाल्पाको रानीमहल घुम्न गएका दुई सय भन्दा बाढी पर्यटकहरू दुई दिन देखि अलपत्र परेका छन् ।

तानसेन नगरपालिकामा पर्ने रानीमहल घुम्न गएका पर्यटकहरू पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका हुन् ।

OM Sai Pathibhara Hospital

अविरल वर्षासँगै गएको पहिरोले तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ । रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीर लगायत चार–पाँच ठाउँमा पहिरो गएको छ । 

पहिरो हटाउन सम्बन्धित निकायले ढिला गर्दा विभिन्न जिल्लाबाट घुम्न आएका दुई सय बढी पर्यटक अलपत्र परेका स्थानीय पर्यटन व्यवसायी बसन्त कुँवरले जानकारी दिए । 

कुँवरका अनुसार कतिपय पर्यटकहरू पहिरोले रानीमहल पुग्न नपाई बीचमै रोकिएका छन् भने धेरैजसो फर्कन समेत पाएका छैनन् ।

पर्यटकहरू दुई दिनसम्म अलपत्र पर्दा समेत सम्बन्धित निकायले पहिरो पन्छाएर सडक खुलाउन चासो नदिँदा पर्यटकमा नकारात्मक छाप परेको कुँवरको भनाइ छ ।