बिर्तामोड / नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किए आफूहरू खुशी हुने बताएका छन् । 

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चेम्जोङले सो कुरा बताएका हुन् । 

OM Sai Pathibhara Hospital

‘प्रशिक्षकको रुपमा उहाँ राम्रो मान्छे हुनुहुन्छ । पक्कै पनि छोटो अवधिमा उहाँले नेपाली फुटबलमा केही परिवर्तन र सकारात्मक बाटोमा लानु भएको छ,’ किरणले भने, –‘उहाँ आउनु भयो भने हामी खुशी हुनेछौ ।’

नेपाली टिम सोमबार स्वदेश फर्किएका छन् । तर प्रशिक्षक अल्मुताइरी भने कुवेत लागेका छन् । प्रशिक्षक अल्मुताइरी केही समय परिवारसँग बिताएर नेपाल फर्कने बताईएको छ ।