काठमाण्डौ //नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका छन् ।

बुधबार बंगलादेश सँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले आफू नोकर नभई प्रशिक्षक रहेको बताएका छन्।

त्यसैले फाइनल खेल्ने आफ्नो अन्तिम खेल हुने र आफू नेपाल न फर्किने उनले प्रतिक्रिया दिएका छन्। ‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरा लागि अन्तिम खेल हुनेछ । 

। नेपालले बुधबार भएको बंगलादेश विरुद्धको खेलमा एकएक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको छ।