काठमाडौँ / राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीमा साफ च्याम्पियनसिप २०२१ को फाइनल नबस्ने बताएका छन् ।

बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अलमुताइरीले नबस्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजीनामा दिए पनि स्वीकृत भने भएको छैन । सााफमा नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजीनामा लागु हुने र आफूले टोली छोड्ने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

बुधबार अल्मुताइरीले उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताए । उनले साफको इतिहासमा नेपाललाई फाइनल पुर्याएर इतिहास रचेको र फाइनल खेल नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् ।

अलमुताइरीकै प्रशिक्षणमा नेपालले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको खेलमा बंगलादेशलाई ११ को बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो ।