काठमाडौं// नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा पुगेको छ ।
१३ औं साफ च्याम्पियनसिप अन्र्तगत आज भएको बंगलादेश सँगको बराबरी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

पहिलो हाफको सुरुवातमै १-० ले पछि परेको नेपालले खेलको ८८औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको थिएन।
यसअघि नेपाल सेमिफाइनल सम्म मात्र पुग्न सकेको थियो।
यसपटक भने नेपाल फाइनल पुगेको छ ।