बिर्तामोड / नेपाली हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरलसँग विवाह गरेका हुन् । 

उनकी पहिलो श्रीमतीको नाम मिना ढकाल हो । उनले मिनासँग चार वर्ष अघि नै सम्बन्ध विच्छेद गरेका थिए । कलाकार गजुरेल र पोखरेलले भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा बिहे गरेका हुन् । 

OM Sai Pathibhara Hospital

मन्दिरमा बिहे गरेपछि कौशलटारस्थित मानव सेवाआश्रममा रहेका वृद्धवृद्धालाई उनीहरूले खाना खुवाएका थिए ।

गजुरेलले आफ्नो बिहेका विषयमा नकारात्मक कमेन्ट नगरिदिन आग्रह गरेका छन् । आफ्ना सन्तानको सहमति र सुझावका आधारमा दोस्रो बिहे गरेको उनले बताएका छन् ।