बुटवल / लुम्बिनी प्रदेशमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयका दिउँसो ३ बजे शपथका लागि तयारी भइरहेको छ ।

आज मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय बनाउन लागिएको हो। जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री रहेका छन् । आज विस्तार हुने मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुँदै छ। 

आज कांग्रेसबाट तीन मन्त्री, दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री, दुई राज्यमन्त्री र नेकपा एकीकृत समाजवादीबाट एकजना मन्त्री हुँदै छन्। 

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसबाट रूपन्देहीका बसिउद्धिन खाँ, बाँकेका सुरेन्द्र हमाल र पाल्पाका वीरबहादुर राना मन्त्री बन्ने टुंगो लागेको बताए । राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठको नाम टुंगो लागेको छ ।

कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने भएका छन् ।