सर्लाही //सर्लाहीको गोडैता नगरपालिकामा  दसैंको शूभकामना  आदानप्रदान कार्यक्रमको अवसर पारेर ७ जना संचारकर्मी सम्मानित भएका छन्। 

प्रदेश सरकारको महिला, बालबालिका यूवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले रौतहटका २ र सर्लाहीका ५ जना संचारकर्मीलाई सम्मान गरेका  हुन्। 

OM Sai Pathibhara Hospital

शिक्षाको विकृति र विसंगति विरुद्व कलम चलाएको भन्दै शिक्षा सम्मान २०७८ बाट संचारकर्मीलाई सम्मान गरिएको बताइएको छ । रौतहटका बज्जिकान्चल दैनिकका संचालक राजु श्रीवास्तव, गोरखापत्र दैनिक संग आबद्व संजय साह मित्र, सर्लाहीका उज्यालो अभियानका प्रकाशक टंक क्षेत्री, मधेश पोष्ठ दैनिकका सम्पादक विश्वनाथ ठाकुर, कान्तिपुर संग आबद्ध संचारकर्मी संताेष कुमार सिंह, जिल्लाका एक मात्र महिला सम्पादक सर्लाही अपडेटका संचालक बन्दना झा र कारोबार दैनिक का सर्लाही प्रतिनिधि राधेश्याम कुशवाहा सम्मानित भएका हुन्।

विद्यालयमा कक्षा प्रथम गर्ने विद्यार्थी र राष्ट्रसेवक कर्मचारी ईकाई प्रमुख रामअधार सिंह कुशवाहाले मायाको चिनो समेत प्रदान गरेका  छन्।

त्यस्तै सेवा नेतृत्व शिक्षाकर्मी र विद्यालयको सर्वाङ्गीण विकासमा हातेमालो गर्ने शिक्षकहरुलाई समेत शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको विद्यालयका प्रधानाध्यक रामप्रकाश महतोेले जानकारी गराएका छन् । 

  सोहि अवसर पारेर सरस्वती विद्यालयमा प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साईकल वितरण गरिएको बताइएको छ।

गोडैता नगरपालिका- ५ रामवनस्थित श्रीमती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालमा अध्ययनरत  कक्षा ८ का २३ जना छात्रालाई साइकल वितरण गरिएको  बताइएको छ।