बिर्तामोड / नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो बुबाको अपार ज्ञानले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउने बताएकी छिन् ।

श्रृंखलाले आफ्ना बुबा स्वास्थ्यमन्त्री बनेपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै सो कुरा बताएकी हुन् । 

OM Sai Pathibhara Hospital

हाल अमेरिकामा रहेकी उनले सामाजिक सञ्जालमार्फत बुबालाई बधाइ दिँदै, आफूलाई बाबुको कामले सँधै डाहा लाग्ने गरेको बताएकी छिन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, – ‘तपाईंको छोरी हुन पाउँदा म आफूलाई सधैँ गर्व महसुस गर्छु। जनताको सेवाप्रति तपाईंको समर्पण देखेर म सधैँ अचम्म पर्थे। कहिल्यै ठूलो सपना देख्नु भएन, तर अरूका ठूला सपनाहरू पूरा गरिदिन तपाई खटिएको देख्दा म आफैलाई पनि कतिपटक डाहा लाग्थ्यो। प्यारो बुबा, मलाई आशा छ, अब तपाई झन् व्यस्त रहनुहुनेछ। तपाईंको अपार ज्ञानले पक्कै पनि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ। उही तपाईँकी प्यारी छोरी तथा शुभचिन्तक१’