काठमाडौं / एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज कीर्तिपुरस्थित टीयूको मैदानमा हुँदैछ । उपाधिका लागि शनिबार आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।

खेल मध्याह्न सवा १२ बजे हुने आयोजकले जनाएको छ । चितवन र पोखरा पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले आज नयाँ विजेता पाउनेछ ।

OM Sai Pathibhara Hospital

यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो । 

दोस्रो संस्करणमा विराटनगर वारियर्स र तेस्रो संस्करणमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो । यसपटक दुवै टिम लिग चरणबाटै बाहिरिसकेका छन् ।

शुक्रबार टीयू मैदानमा भएको फाइनल खेलको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले शुक्रबार नै फाइनलका लागि तयार भएको बताएका छन् ।