काठमाडौँ  / राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो क्वालिफायर खेलमा पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाईगरर्स फाइनलमा पुगेको छ ।  चितवन टाईगरर्स फाइनलमा पुग्ने पहिलो टिम हो । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि मोहमद साहजादले सर्वाधिक ४८ रनको योगदान गरे । हसिम अन्सारीले १४ रन बनाउँदा करिम जन्नतले ४ रन जोडे । पोखरालाई सस्तैमा समेट्न सागर र शाहबले ४–४ विकेट लिएका थिए ।

OM Sai Pathibhara Hospital

यसअघि, पोखराले १५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचर्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनील धमलाले १८ र सुशन भारीले १२ रन जोडे । त्यसबाहेकका ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।