बिर्तामोड / एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगमा काठमाडौं किंग्स र भैरहवा ग्लाडियटर्सबीचको खेल रद्द भएको छ ।

आज मंगलबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको खेलमैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि रद्द गरिएको हो। 

OM Sai Pathibhara Hospital

खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स – ११ प्ले अफमा प्रवेश गरेको छ। काठमाडौं चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। 

काठमाडौँले पाँच खेलमा तीन अङ्क जोड्यो । ललितपुर प्याट्रियट्सले समान तीन अंक जोडे पनि काठमाडौं नेट रनरेटका आधारमा प्ले अफमा पुगेको हो।

चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो। पोखरा ५ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंक सहित दोस्रो स्थानमा रह्यो । भैरहवा ५ खेलमा २ मा जित सहित ७ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन्। भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्सपोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ। त्यस्तै काठमाडौंले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ।