एजेन्सी / सुपरस्टार जोडी नागा चैतन्य र सामन्था रुथ प्रभुको सम्बन्धविच्छेद भएको छ ।  दक्षिण भारतीय फिल्म उद्योगका यी जोडीले सम्बन्धविच्छेद गरेको प्रेस विज्ञप्ति जारी गर्दै सामन्थाले  शनिबार जानकारी दिएकी हुन् ।

‘धेरै लामो समयको सोचविचार पछि म र नागा चैतन्यले फरक–फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘एक दशकभन्दा लामो समयदेखिको मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र आगामी दिनमा पनि हामीबीच विशेष बन्धन रहनेछ ।’

OM Sai Pathibhara Hospital

सामन्थाले मिडियासँग यस विषयमा प्राइभेसी दिन पनि मिडिया र शुभचिन्तकलाई आग्रह गरेकी छन् । सम्बन्धविच्छेदपछि उनलाई नागाको तर्फबाट ५० करोड मिल्नेछ ।