काठमाडौं //नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष पुष्पकमल दाहालले चयन गर्ने भएका छन्।

शनिबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष दाहाललाई अध्यक्ष चयन गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।

हाल विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ।

बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको बताइएको छ।

सो प्रस्ताव नेताहरूलाई अध्ययनका लागि दिइएको र अब बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी गराएका छन्।

बैठकमा सरकारका सहभागी हुने नेताहरूको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले बताएको छ।