काठमाडौँ  / एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ।

मैदान भिजेका कारण २० ओभरबाट ७ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेटको क्षतिमा ५१ रन बनाएको थियो।

OM Sai Pathibhara Hospital

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन, नारायण जोशीले ११ र ओशाडा फर्नान्डोले १० रन बनाए पनि अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्।

ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले तीन, विक्रम सोवले दुई र केस्रिक विलियम्सले १ विकेट लिए।

५२ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको पोखराले ६ ओभर ३ बलमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पोखराका रिचार्ड लेभीले नटआउट ३८ रन र रित गौतमले १२ रन जोडे। ललितपुरका अजमतुल्लाह अमरजाईले एक विकेट लिए।