बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)शिव सतासी नगर कमिटी गठन भएको छ ।
असोज १२ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शिवसताक्षी नगर कमिटी नविन इजमको अध्यक्षता मा ७५ सदस्यीय गठन भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादीं) केन्द्रीय सचिव एवम् १ नं प्रदेशका संसदिय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले नगर कमिटीको घोषणा गरेका थिए ।
तुलसीराम भट्टराईले अध्यक्षता गरेको सभामा स्वागत सोमनाथ गुरागाँई र सञ्चालन प्रेम राईले गरेका थिए ।
नवगठित नगर कमिटी लाई शफत प्रमुख अतिथि राजेन्द्र राईले गराएका थिए। सोही सभाले १०५ सदस्यीय युवा सँघ नेपाल पनि गठन गरेको छ। भेलामा करिब ५ सयको उपस्थिति रहेको जिल्ला प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले बताएका छन् ।