काठमाडौँ //दल विभाजनसम्बन्धी अध्यादेश खारेजको माग गर्दै सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीको राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको हो ।
सत्ता गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश खारेजीको राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको बताइएको छ।
प्रधानमन्त्री देउवाले भोलि नै सरकारलाई पूर्णता दिनेगरि छलफलसमेत अघि बढाएको बताइएको छ।