काठमाडौँ / आजबाट काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरु भौतिक रूपमा सञ्चालन हुने भएका छन् । 

नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेसँगै कोरोना महामारीका कारण वैशाखको दोस्रो साता बन्द भएका विद्यालय सञ्चालनमा आउने भएका हुन् ।

OM Sai Pathibhara Hospital

महानगरका अनुसार भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । काठमाडौं उपत्यकामा केही स्थानीय तहले भने यसअघि नै विद्यालय सञ्चालन गरिसकेका छन् । 

अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने तत्काल भौतिक कक्षा सञ्चालन गर्न वाध्य नपारिने महानगरले जनाएको छ ।