काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रित गर्नुपर्ने बताएका छन् ।
नेकपा एकीकृत–समाजवादी काठमाडौँ महानगरपालिका २७ वडाले आज आयोजना गरेको कार्यक्रममा श्रेष्ठले नेकपाको नेतृत्वमा करिब दुई तिहाइ बहुमतको सरकार गठन भएको भए पनि असंवैधानिक गतिविधि सञ्चालन गरी मजदुर, किसान, गरिब वर्गका हितमा कार्य गर्न नसकेकाले आफूहरूले नयाँ पार्टी स्थापना गरेको बताए ।
संविधानसभा सदस्य प्रभा वज्राचार्यले सङ्गठनलाई विस्तार गर्न देशभर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा आनन्दराज भण्डारीको नेतृत्वमा २५ सदस्यीय वडा शाखा कमिटी गठन गरिएको छ ।





































