बिर्तामोड / मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

बैठक साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको गठबन्धनका एक नेताले बताएका छन् ।

मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।

बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले बताएको छ। गएको २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय मात्र छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हालिरहेका छन् ।