बिर्तामोड / कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (वुधबार) परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । 

केही बेरमै खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्।

सत्तारुढ गठबन्धनको मङ्गलवारको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्। 

आज राति साढे ८ बजे डा. खड्काको टोली न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव लीला भट्टराईले जानकारी दिए।

Narayan-kahdka-Niyukta (1)