बिर्तामोड / सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १४ जना सांसदको पद खारेजीको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आज मङ्लबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले विपक्षी निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटाले गरेका निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट वैशाख २७ मा विश्वासको मत लिने क्रममा अनुपस्थित भएरका १४ सांसदलाई सांसदलाई पदमुक्त गर्न माग गरेका छन् ।
सो निर्णय कार्यान्वयन गराउन एमालेले गत भदौ १ गते सभामुख सापकोटालाई जानकारी गराएका थिए । तर, सापकोटाले आवश्यक निर्णय नगरेको भन्दै उनी विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।