काठमाडौं / राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईका संवैधानिक इजलासले दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले गत भदौ २ मा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी थिइन् । उक्त अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएको थियो ।





































