ओलीका लागि एमसीसी,

आए आँप गए झटारो !
प्रचण्डकालागी एमसीसी,
भालुको कनपट, समात्नु न छोड्नु !
देउवाकालागि एमसीसी,
कि हस्तिनापुरको राज कि चपरी मुनीको बास !

OM Sai Pathibhara Hospital

माधव नेपालकालागि एमसीसी,
खाई न पाई छालाको टोपी लाई !
उपेन्द्र यादबकालागी एमसीसी,
जसको लाठी उसको भैंसी !

महन्त ठाकुरका लागि एमसीसी,
भोको पेटले सोच्न सक्दैन !
कमल थापाकालागी एमसीसी,
जसको शक्ति उसको भक्ति !

बाबुरामका लागि एमसीसी,
माग्नेलाई छान्ने अधिकार हुँदैन !
चित्रबहादुरका लागि एमसीसी,
हिस्स बूढी हरिया दाँत !

आइएनजिओका लागि एमसीसी,
अजिङ्गरको आहारा दैवले जुराउँछ !
पत्रकारका लागी एमसीसी,
धन भनेपछि महादेवका तीन नेत्र !

पावर ब्रोकरका लागी एमसीसी,
मौकामा हिरा फोर्नुपर्छ !
ठेकेदारका लागी एमसीसी,
लुटको धन फुपुको श्राद्ध !
राजाबादीका लागी एमसीसी,
दैवले दिन्छ पितृले हर्छ !

अमेरिकाका लागी एमसीसी,
पशुपतिको दर्शन सिद्राको ब्यापार !
चाईनाका लागि एमसीसी,
दुस्मन खोज्न टाढा जानू पर्दैन !
भारतका लागी एमसीसी,
इलाका मेरा धमाका तेरा !

जनताका लागी एमसीसी,
कुसाईतमा पञ्चैबाजा !
देशका लागी एमसीसी,
डोकोमा दूध दुहेर अडिँदैन !