काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयता एक स्थान सुधार भएको हो ।
एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमा रहेको थियो । एसोसिएट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान भ्रमणमा रहेको नेपालले पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिज जितेको थियो । यस्तै त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सोमबार अमेरिकालाई हराएको थियो ।




































