बिर्तामोड / नेपालले आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेल आज घरेलु टोली ओमानसँग खेल्दैछ । 

नेपाल र ओमानबीचको खेलमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

नेपालले लगातार दोस्रो दिनै खेल खेल्दैछ । सोमबार नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । सोमबार अमेरिकासँग ९९ ओभर खेलेको नेपालले धेरै आराम पाएको छैन । ओमान भने पहिलो खेल खेल्दैछ ।

ओमानले गतवर्ष नेपाललाई घरेलु मैदानमै दुबै खेलमा पराजित गरेको थियो । टीयू मैदान ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो ।

सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा एक टिमले ९ सिरिजमा कुल ३६ खेल खेल्न पाउनेछ ।

सबै खेलपछि लिग २ को शीर्ष तीनमा रहने राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छन् ।