काठमाडौं// अब ह्वाट्सएपको अडियो म्यासेज अक्षरमा पनि पढ्न सकिने भएको छ।
यो फिचरसँगै अब प्रयोगकर्ताले अडियो म्यासेज नबुझिएमा अक्षरमा पनि पढ्न मिल्ने फिचर कम्पनीले ल्याउन लागेको हो।

हाल यो फिचर सुरुमा आईओएसमा उपलब्ध गराउने गरी कम्पनीले काम गरिरहेको छ ।
तर यो फिचर एन्ड्रोइडमा कहिले आउँछ भन्ने विषयमा भने कुनै जानकारी बाहिर नआएको बताइएको छ ।
हाल ह्वाट्सएपको इन्ड-टु-इन्ड इन्क्रिप्शन अन्तर्गत सम्पूर्ण अडियो म्यासेज सुरिक्षत रहने गरेको छ ।
सो फिचरले एप्पलको स्पिच रिकग्निशन प्रविधिलाई थप सहयोग पुग्ने आशा गरिएको बताइएको छ ।
कहिले काहिँ प्रयोगकर्ताले चुपचाप अडियो नसुनी अडियोमा के छ भनेर टेक्स्टमा पढ्न सकिने साथै
एकपटक अडियो सुनिसकेपछि सो अडियोको ट्रान्स क्रिप्टेड टेक्स्ट आफ्नो डिभाइसमा सेभ पनि गर्न सकिने बताइएको छ।