आज मिति २०७८ भदौ २६ गते शनिवार   ई.स. २०२१ सेप्टेम्बर ११ तारिक। भदौ शुक्ल पक्ष पन्चमी  तिथि बेलुकी ०७:५० सम्म ।

आज ऋषि पन्चमी। आज नक्षत्र रहेको छ स्वाती  ११:३४ सम्म। करण रहेको छ वव   ०९:०१ सम्म। योग रहेको छ एन्द्र दिउसो ०२:५०सम्म। आजको सुर्योदय ०५:४७ हुनेछ भने सुर्यास्त ०६:१३ । सुर्य सिंह राशिमा हुनुहुन्छ भने चन्द्रमा भोलि बिहान  ०४:२३ सम्म तुला  राशिमा हुनुहुन्छ।

OM Sai Pathibhara Hospital

आजको दिनमा शुभ वेला रहेको छ ०७:२० देखि ०८:५३ सम्म। यो शुभ वेला मा शुभ कामको थालनी गर्न सक्नुहुनेछ।

(आजको राशिफल)


(१)मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला


(२)वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।


(३)मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ।


(४)कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ।


(५)सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।


(६)कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो

ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपरे पनि दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा पनि प्रगति हुनेछ


(७)तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते

फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर समयमा जागरुक नबन्दा पछि परिनेछ।


(८)वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। नियमित काममा लगानीतर्फ लागत बढ्नेछ।


(९)धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। खर्च लागे पनि यात्राकाे साइत जुर्नेछ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। भौतिक साधनको कमीले काममा विलम्ब हुनेछ।


(१०)मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ।


(११)कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ।


(१२)मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ।