बिर्तामोड /  बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको शुक्रबार निधन भएको छ ।  ब्लड क्यान्सरबाट ग्रसित राजुलाई थप उपचारका लागि १० दिन अघि भारतको दिल्लीस्थित बीएलके–म्याक्स अस्पताल पुर्याइएको थियो ।

बिहीबार राती रक्तचाप अत्यन्त न्यून भएको र सास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको रगतमा अत्यधिक संक्रमण भएका कारण औषधीले पनि राम्रोसँग काम गर्न सकेको थिएन । उपचारकै क्रममा राजुको शुक्रबार निधन भएको द स्याडोज नेपालुका गायक स्वप्निल शर्माले जानकारी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियान चलाइएको थियो । हाल आर्थिक सहयोग संकलन अभियान बन्द गरिदिन स्वप्निलले आग्रह समेत गरेका छन् ।