बिर्तामाेड / स्वर्गीय इन्दिरा पौडेलको शब्दमा, प्रमोद खरेलको स्वर रहेको मर्मस्पर्शी गीत ‘घरमा मेरी बूढी आमा’ को भिडियो रिलिज भएको छ ।

ओएआर डिजिटल बाट रिलिज भएको उक्त भिडियोमा उमेश पौडेल र शारदा अधिकारीको अभिनय रहेको छ ।

OM Sai Pathibhara Hospital

 कलाकार उमेश पौडेल ले आफ्नी आमाको सम्झनामा उक्त गीत निर्माण गरेका  हुन । त्यासोत जुन दिन प्रमोद खरेल यो गीतको रेकर्ड स्टुडियोमा गर्दैथिए, त्यही दिन गीतको रचना गर्ने इन्दिरा पौडेलको  झापामा शव जल्दै थियो ।

गायक स्वयंले पनि आफ्नो स्वरमा रेकर्ड भएको उक्त गीत सर्जकलाइ सुनाउन नपाएको पीडा पोखेका थिए ।

निकेश खड्का को निर्देशनमा तयार भएको गीतमा अशोक थापाको संगीत रहेको छ । बुध्द थापाको छायांकन, समरा जोशीको शृंगार र स्वर्गीय इन्दिरा पौडेलको भिडियो कन्सेप्ट रहेको छ । 

बाध्यताले विदेशिएको छोरा घरमा नहुदाँ आमालाई हुने पीडा र छोराको आमा प्रतिको सम्झना लाइ गीतको भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।