काठमाडौँ / काठमाडौँ आगामी आसोज ९ गतेदेखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टि –२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । 

सर्वाधिक पुरस्कार राशि भएको चौँथो संस्करणको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किङ्गस ११ बीच हुने आयोजक इपिएल प्रालिले जनाएको छ । 

OM Sai Pathibhara Hospital

विभिन्न सहरका छ फ्रेन्चाइज टोलीको सहभागितामा हुने उक्त प्रतियोगिताअन्तर्गत असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन अर्को खेल गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ । 

असोज २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

epl_table_wMkwdA3QyM